+
+

माओवादी सांसद सापकोटाले भने : बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेनौं

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १४:२९

३१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक वर्षको बजेट आउन नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेका छैनौं’ सांसद सापकोटाले भने, ‘माथिबाट बजेट बाँड्न सक्दा मात्र निर्वाचन जित्न सकिन्छ भन्ने ह्याङओभरले काम गरिरहेको छ ।’

सांसदहरुले गर्ने टिप्पणी पनि वास्तविकता र गर्न सक्नेमा आधारित हुनुपर्ने उनको भनाइ छ । समग्रतामा सुधार गर्नका लागि विधि चाहिने र विधिका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । सांसदहरुलाई विधायककै रुपमा अगाडि बढाउनुपर्नेमा पनि उनको जोड छ ।

भू-उपयोग नीतिको सम्बन्धमा तत्काल ठूलो सुधार गर्न नसकेतापनि सुधारको सुरुवात गर्न सकिने उनको राय छ ।

‘आजको अवस्थामा उचित भू उपयोग नीति छैन् । यो भन्न जति सजिलो छ, काम गर्न त्यति गाह्रो छ । तर, सुधारका लागि प्रयास गर्ने केही न केही नीति बनाएर सुरुवात गर्न सक्छौं’ उनले भने ।

खेतीयोग्य जमिनमा प्लटिङ भइरहेको उल्लेख गर्दै उनले यस्तो कार्यमा राज्यको ध्यान पुग्नुपर्ने बताए । गुठीको विषयका म्बन्धमा पनि राज्यले ठोस नीति लिनुपर्ने उनको राय छ ।

गरिबी निवारण मन्त्रालयको बजेटमा गरिबी निवारण गर्ने योजना चाहीँ के छ भनेर उनले प्रश्न गरे । ठोस नीति नबनाउने र केवल प्रतिवद्धता जनाउने प्रवृतिले परिवर्तन गर्न नसकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?