अब छिटै नै आकाशमा अनौठो दृश्य देखिनेछ। चन्द्रमामा ‘गतिरोध’ आउँदैछ। अर्थात यो होइन कि चन्द्रमा रोकिनेवाला छ। वस्तवमा चन्द्रमा उदय तथा अस्त हुनेबीच अधिकतम समय देखिनेछ। विज्ञानको भाषामा यसलाई चन्द्र गतिरोध अर्थात् lunar standstill भनिन्छ।
यस्तो घटना हरेक १८.६ वर्षमा हुने गर्दछ। ऋर्थात् चन्द्रमा क्षितिजमा सबैभन्दा लामो दूरीबाट उदय तथा अस्त हुनेछ। यी दुबै प्राकृतिक घटनाक्रमका बीचको समय बढ्नेछ। इतिमात्र होइन चन्द्रमा आकाशमा सबैभन्दा माथिल्लो र सबैभन्दा तल्लो विन्दुमा पनि जानेछ।
गत ८ अप्रिल, २०२४ को दिन पूर्ण सूर्यग्रहण भएको थियो । त्यसपछि विश्वभर नै उत्तरी प्रकाश अर्थात् अरोरा बोरियलिस देखियो ।
अब सन् २००६ पछि आकाशको दृश्यावलोकन गर्ने आम मानिस तथा वैज्ञानिक लागि अध्ययनको एक शानदार मौका प्राप्त हुँदैछ, जब चन्द्रमा क्षितिजमा सबैभन्दा टाढा उत्तरी इलाकामा उदय हुनेछ र सबैभन्दा टाढा दक्षिणी इलाकामा अस्त हुनेछ।
चन्द्रमा हरेक १८.६ वर्षपछि आफ्नो सबैभन्दा अग्लो र सबैभन्दा होचो विन्दुमा पुग्दछ। १८.६ वास्तवमा चन्द्रमाको परिक्रमाको एक समयचक्र हो । यसको कारण यो हो कि सूर्यले जस्तै चन्द्रमाले पनि परिक्रमाको लागि एउटै बाटो पछ्याउँदैन । यदि तपाइँले क्षितिमा चन्द्रमाको उदय तथा अस्तको अवस्थिति हेर्नुभयो भने त्यो लगातार परिवर्तन भईरहेको हुन्छ।
चन्द्रमा र पृथ्वीको झुकावको नतिजा
सौर्य मण्डललाई जब समतल रुपमा लिइन्छ तब सबै ग्रह सूर्यसँगै एकै सतहमा रहन्छन् । यसलाई इक्लिप्टिक भनिन्छ। पृथ्वी आफ्नो अक्ष अर्थात् धूरीमा २३.४ डिग्रीमा झुकेको हुन्छ । जबकि इक्लिप्टिकको स्थितिमा यस्तो मानिँदैन । त्यसैले सूर्यको उदाउने तथा अस्ताउने कोण ४७ डिग्री हुन्छ।
चन्द्रमाको अक्ष ५.१ डिग्री झुकेको हुन्छ । त्यसैले यो हरेक महिना ५७ डिग्रीको रेन्जमा उदाउने र अस्ताउने गर्दछ। त्यसैले चन्द्रमा प्रायः क्षितिजमा फरक फरक स्थानबाट उदाउने तथा अस्ताएको देखिन्छ।
कहिले देखिनेछ चन्द्रमाको अद्भूत दृश्य ?
विश्वमा चन्द्रमाको उदय तथा अस्तको गणनालाई बताउने विभिन्न प्राचीन दस्तावेज तथा भवनहरु छन्, जस्तै स्टोनहेन्ज, क्यालेनिस तथा न्यूग्रेन्ज । यी सबैले प्रमुख चन्द्र स्थीर (lunar standstill )को समयमा चन्द्रोदय तथा चन्द्रास्तलाई सही तरिकाले देखाउँछन् र यो खगोलीय घटनाको महत्वलाई दर्शाउँछन् ।
अब यो दृश्य आगामी सेप्टेम्बर २०२४ देखि मार्च २०२५ को बीचमा देखिनेछ। चन्द्रमा उदाउने र अस्ताउने बेला उक्त दृश्य हेर्ने सबैभन्दा उपयुक्त समय हुनेछ। एजेन्सीको सहयोगमा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4