+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मनाङमा बाढीले तिमान खोलाको पुल बगायो, बेंशिसहर-चामे सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ८:४०

१९ असार, काठमाडौं । मंगलबार परेको भारी वर्षाले मनाङको तिमान खोलामा बाढी आउँदा एउटा काठेपुल बगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले मंगलबार राति करिब ८ बजे पुल बगाएको हो ।

पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए । ‘खोलाको बहाव घटेको छैन । पुल पनि भत्किएपछि यातायात पूर्ण रुपमा बन्द भएको छ’, उनले भने ।

खोलाको बहाव नघट्दासम्म बाटो खुल्नेबारे भन्न नसकिने लामिछानेको भनाइ छ । ‘अहिले वर्षा अलि कम भएको छ । तर पानीको बहाव नघट्दासम्म समस्या नै छ । अहिलेलाई कुनै वैकल्पिक बाटो छैन’, उनले भने, ‘अहिलेलाई यता साधन यतै र उताका साधन उतै रोक्न सूचना पठाइसकेका छौं ।’ पुल भत्किँदा लमजुङसँग मात्र नभई माथिल्लो मनाङको ३ वटा स्थानीय तहसँग सडक सम्पर्क पनि टुटेको प्नशासनको भनाइ छ ।

त्यस्तै तिमाङकै तल्लो क्षेत्रमा पर्ने तिमाङ झरनाले पनि एउटा पक्की पुलमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ । पक्की पुलमा भएको क्षतिबारे एकीन तथ्यांक भने नआइसकेको सीडीओ लामिछानले जानकारी दिए ।

यसअघि २०७८ मा आएको बाढीले सदरमुकाम चामे, तालगाउँ,धारापानी लगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । मनाङकै मर्स्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?