+
+
Shares

उपसभामुख विवादमा सुमनाको प्रतिवाद : चरित्र हत्याका लागि तयार छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १३:४३

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा श्रेष्ठले अमुक मान्छेलाई भिसा दिनुपर्छ भनेर सदन र सडकमा आन्दोलन भएको स्मरण गरिन् ।

तर अहिले उपसभामुखमाथि प्रश्न उठाइएको भन्दै उनले भनिन्, ‘आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऊँ ।’

उपसभामुखको विषयमा अनावश्यक मिडिया ट्रायल भएको उनले बताइन् । सहजै मानव तस्करीको आरोपसमेत लगाएको भन्दै उनले भनिन्, ‘यति सजिलै मानव तस्करी डिक्लियर गर्न मिल्छ । ल डिक्लियर गर्नुस् त भुटानी शरणार्थी कसले गरेको हो भनेर ?’

सांसद श्रेष्ठले अगाडि भनिन्, ‘एउटा महिला जसले यस्तो कठिन समयमा यहाँ आउनुभएको छ, उहाँलाई हेप्न चाहिँ नखोज्नुहोला ।’

साँच्चै छानबिन गर्ने हो भने रास्वपा तयार रहेको उनले बताइन् । तर निरन्तर मिडिया ट्रायल गरेर एउटा भाष्य बनाउन खोजिएको भन्दै सुमनाले भनिन्, ‘एउटा मान्छेको चरित्र हत्या गर्ने, त्यो पनि संवैधानिक परिषद्मा एमालेको दुईटा, माओवादीको दुईटा, रास्वपाको एउटा । अल्पमतमा पर्‍यो भनेर हो भने माग्नुस् न माग्नुस्, दिउँला ।’

आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै रास्वपा सांसद सुमनाले भनिन्, ‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?