१३ साउन, काठमाडौं । बागमती गाउँपालिका–६ स्थित आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । शनिबार राति पानि परेपछि आएको खहरे खोला चौकीमा पसेको हो ।
पहिरोले ह्युम पाइप पुरिएपछि लिकुनी खहरे खोला चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । चौकीभित्रै खहेर पस्दा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।
चौकीमा बाढी पसेपछि राति १२ बजेबाटै लत्ताकपडा, र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4