+
+
Shares

सेयर बजारमा २१ अर्ब ८६ करोडको कारोबार, नेप्से २७९६ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १५:११

२१ साउन, काठमाडौं । सेयर बजार सोमबार २७९६ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४०.७६ अंक बढेको हो । कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.६९ प्रतिशत बढ्यो । त्यस्तै अन्य ५.७३, हाइड्रोपावर ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, निर्जीवन बीमा १.२५ प्रतिशत बढे । बैंकिङ ०.५०, विकास बैंक ०.१५ र फाइनान्स ४.६१ प्रतिशत घटे । उत्पादन ०.५१ तथा माइक्रोफाइनान्स सूचक ०.७५ प्रतिशत घटेका छन् ।

रुरु जलविद्युत्, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत्, कुथेली बुकरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल, माउन्टेन हाइड्रो नेपाल, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

रावा इनर्जीको ९.८ तथा हिमालयन रिइन्स्योरेन्सको ९.७ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । हिमालयन लघुवित्तको ७.६, गुहेश्वरी मर्चेन्ट बैंकको ६.२, श्रीइन्भेस्टमेन्ट फाइनन्सको ६.२ तथा समृद्धि फाइनान्सको ६.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिामा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?