+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हुम्लाको सर्केगाडमा एमालेको अग्रता, पछ्याउँदै माओवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १३:१९
उपाध्यक्षका उम्मेदवारहरू बायाँबाट क्रमश : सविता बुढा (कांग्रेस), देवकी तिमल्सेना (माओवादी), जाना शाही (एमाले)

१७ मंसिर, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो मतगणना अनुसार नेकपा एमालेले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेकी जाना शाहीले २८६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिनाले २२५ मत प्राप्त गरेकी छन् ।

नेपाली कांग्रेसकी सविता बुढाले २०९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की संगीता शाहीले १९ मत प्राप्त गरेकी छन् ।

सर्केगाडका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जानेक्रममा दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

Live Live Updates:

3 ताजा अपडेट
1 year ago, 20:05:42
गोरखा नगरपालिका-५ मा मतगणना सुरु

गोरखा नगरपालिका–५ मा वडाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

1 year ago, 19:53:57
तिलागुफा नगरपालिका ४ को वडाध्यक्षमा नेमकिपा विजयी

कालिकोटको तिलागुफा नगरपालिका ४ को वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका खड्गराज शाही विजयी भएका छन् ।

२०७९ को निर्वाचनमा यो वडामा माओवादी केन्द्रले जितेको थियो भने नेमकिपा निकटतम प्रतिद्वन्द्वी थियो ।

 

1 year ago, 19:49:52
सप्तरीको डाक्नेश्वरीमा साढे ८ बजेबाट मतगणना

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अहिले साढे ८ बजेबाट मतगणना सुरु हुने भएको छ । डाक्नेश्वरी नगरपालिका कार्यालयको हलमा राति साढे ८ बजेबाट मतगणना सुरु हुने सर्वदलिय बैठकमा निर्णय भएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार दहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?