कार दुर्घटनामा तीन जनाको ज्यान जानेगरी केही दिनअघि भारतको उत्तर प्रदेशमा भएको घटनापछि गुगल म्याप्स चर्चामा छ । कार चालकले गुगल म्याप अनुसारको बाटो पछ्याउँदै जाँदा अधुरो पुलबाट कार तल खसेर दुर्घटना भएको बताइएको छ । आधा मात्रै बनेको उक्त पुलले नदी वारपार छिचोलेको जस्तो गरी गुगल म्यापले बाटो देखाएपछि कार सोही अनुसार अघि बढेको र पुलमाथि तिव्र गतिमा रहेको अवस्थामा पुल बीचमै टुंगिएको अवस्थामा त्यहीँबाट तल खसेको दाबी गरिएको छ ।
उक्त घटनापछि विभिन्न प्रश्न उठेका छन् । आखिर त्यो अधूरो पुललाई गुगल म्यापले कसरी पूर्ण बनेर गुगल म्यापमा देखियो भन्ने सवाल पेचिलो बनेको छ ।
गुगल म्यापमा किन गल्ती हुन्छ ?
गुगल म्याप मात्र नभई अन्य म्यापिंग प्रविधिहरुमा देखिने त्रुटिका विभिन्न कारणहरु हुन सक्दछन् । ती प्रविधिहरुको आधारको रुपमा स्याटेलाइट तस्वीर, ट्राफिक सेन्सर, LiDAR आधारित स्थलगत क्यामेरा म्यापिंग तथा प्रयोगकर्ताहरुका डिभाइसबाट प्राप्त डेटा रहेका हुन्छन् ।
यदि त्यसमध्ये कुनै श्रोतमा त्रुटि भयो वा डेटा अपडेट भएन भने गुगल म्याप जस्ता प्लाटफर्ममा देखिने नक्सा गलत देखिन्छ । यद्यपि यसका लागि लगातार अपडेट तथा क्वालिटी कन्ट्रोलको आवश्यकता पर्दछ।
म्यापिंग प्रविधिमा कस्तो समस्या प्राणघातक हुनसक्छ ?
पूरानो वा गलत डेटा : सडकमा परिवर्तन, नयाँ निर्माण वा बाटो बन्द भएको जानकारी यदि सही समयमा अपडेट भएन भने त्यसले प्रयोगकर्तालाई गुमराहमा पारेर दुर्घटना निम्त्याउन सक्दछ।
क्राउडसोर्स डेटाः गुगल म्याप्स तथा अन्य म्यापिंग सेवाहरुले प्रयोगकर्ताबाट डेटा एकत्रित गर्दछन् । यद्यपि त्यस्तो डेटाको सही ढंगले जाँच भएन भने त्यो गलत सूचनाहरुको कारक बन्न सक्दछ।
रियल टाइम घटनाहरुका सीमाः खराब मौसम, दुर्घटनाहरु वा आपतकालीन स्थितिजस्ता विभिन्न अवस्थामा म्यापिंग प्लाटफर्महरु सटीक तथा रियल टाइम जानकारी दिन सक्षम हुँदैनन् ।
अत्यधिक निर्भरताः कहिलेकाहीँ प्रयोगकर्ताहरु प्रविधिमाथि आवश्यकता भन्दा अधिक निर्भर हुन्छन् र आफ्नो ज्ञानको प्रयोग गर्दैनन् । यस्तो बानी घातक हुनसक्छ, खासगरी पहाडी, विकट तथा खतरनाक मोडयुक्त सडकहरुमा ।
गुगल जस्ता म्यापिंग सर्भिसले कसरी बाटो देखाउँछन् ?
डेटा संकलन र अद्यावधिक : गुगल तथा अन्य म्यापिंग कम्पनीहरुले स्याटेलाइट तस्वीर, ट्राफिक सेन्सर तथा LiDAR आधारित भूसतह क्यामेरा म्यापिंगको प्रयोग गरेर जानकारी संकलन गर्दछन् र त्यस्तो डेटा निरन्तर अपडेट हुन्छ ।
आर्टिफिसियल इन्टेलिजेन्स : एआईको उपयोग ट्राफिकको अवस्था, दूरी तथा रियल टाइम डेटा विश्लेषण गर्नका लागि गरिन्छ । यसबाट प्रयोगकर्ताहरुलाई सबैभन्दा छिटो पुगिने तथा सुरक्षित बाटो देखाइन्छ।
क्राउडसोर्स डिटेल्स : लाखौँ प्रयोगकर्ताले दिएको पृष्ठपोषण तथा रिपोर्टिंगले त्यस्तो नक्सालाई सटीक बनाउन मद्दत गर्दछ ।
CORS तथा रियल टाइम रेफरेन्स अपडेट्स : जापान जस्ता देशमा CORS (Continuously Operating Reference Station) तथा स्याटेलाइटमा आधारित रियल टाइम अपडेटको प्रयोग गरिन्छ । यसले विभिन्न फेरबदलहरु, दुर्घटना तथा अन्य घटनाहरुको जानकारी तुरुन्तै प्रदान गर्दछ । यस्तो प्रकारको प्रविधिले भविष्यमा गुगल म्याप्स तथा अन्य प्लाटफर्मलाई झनै प्रभावकारी बनाउन सक्दछ ।
ट्राफिक जानकारी : ट्राफिसँग सम्बन्धत डेटा, जस्तै ट्राफिक जाम, दुर्घटना तथा गाडीको गति जस्ता विषयले रियल टाइम ड्राइभिंग निर्देशहरुलाई सटीक तथा उपयोग्ी बनाउन अहम् भूमिका खेल्दछ ।
प्रतिक्रिया 4