२१ मंसिर, काठमाडौं । कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएलमा) पहिलो जित हात पार्यो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले उक्त जितसँगै ३ खेलबाट २ अंक पनि जोड्यो ।
लिग सुरु हुनुअघि सर्वाधिक चर्चामा रहेको र सन्तुलित टोली देखिए पनि अघिल्ला दुई खेलमा कर्णालीले नतिजा आफ्नो पक्षमा ल्याउन सकेको थिएन ।
आफूलाई प्रमाणित गर्न कर्णालीले लिगको तेस्रो खेलसम्म पर्खिनुपर्यो । कर्णालीको जितमा एक युवा खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो तिनै खेलाडी खेलको प्लेयर अफ दी म्याचसमेत घोषित भए । उनी हुन्, विपिनप्रसाद शर्मा ।
१६ वर्षीय विपिनका लागि एनपीएलजस्तो ठूलो प्रतियोगितामा खेल्न पाउनु नै महत्वपूर्ण कुरा थियो । त्यसमा पनि उनले आफ्नो टिमलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरे, आफ्नो क्षमता प्रमाणित गरे बोनसमा पाए नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइच लिग खेलको प्लेयर अफ दी म्याचको व्यक्तिगत अवार्ड ।
विपिनले शुक्रबार चितवन विरुद्ध आफ्नो टिमको लागि सर्वाधिक ३ विकेट लिएका थिए । ४ ओभर पूरा बलिङ गरेका उनले २१ रन खर्चिए । विपिनले चितवनका जान निकोलस लफ्टी इटन र अमर सिंह राउटेलाजस्ता अनुभवी खेलाडीको विकेट लिएका थिए ।
उत्कृष्ट बलिङ
विपिनले सातौं बलरको रुपमा बलिङ गरेका थिए । अनि आफ्नो पूरा स्पेल पनि बलिङ गरे । उनले मिडर ओभर जस्तो महत्वपूर्ण समयमा ओमानका पूर्वकप्तान तथा अलराउण्डर जिसान मक्सुदसँग मिलेर बलिङ गरेका थिए ।
त्यसमा पनि विपनले टी२० मा डेथ ओभर जस्तो महत्तवपूर्ण सममया बलिङ गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवले १२ ओभरमा ७५-३ को स्थितिमा रहँदा कर्णालीका कप्तान सोमपाल कामीले विपिनलाई बल थमाएका थिए । क्रिजमा दुई सेट ब्याटर थिए । भेट्रान रवि बोपारा ३४ र कप्तान कुशल मल्ल १८ रनमा खेलिरहेका थिए । त्यस ओभरमा विपिनले जम्मा ६ रन मात्र खर्चिए ।
त्यसपछि अर्को ओभरमा जिसान मक्सुदले कुशललाई आउट गरे । १५औं ओभरमा विपिनले आफ्नो दोस्रो ओभर बलिङ गरे । त्यसमा उनले ७ रन खर्चिए । बोपाराले विपनको तेस्रो बलमा चौका प्रहार गरे । तर तयसपछि उनले कमब्याक गरे । १६औं ओभर मक्सुदले गरे ।
त्यसपछि विपिनले डेथ ओभरमा १७औं र १९औं ओभर बलिङ गरे । १७औं ओभरको दोस्रो बलमा लफ्टी इटनलाई एलबीडब्लु धरापमा पारेका विपिनले सोही ओभरको चौथो बलमा पाकिस्तानका लेजेण्ड बलर सोहेल तनविरलाई बोल्ड नै गरे । यस ओभरमा उनले २ विकेट लिएर जम्मा १ रन खर्चे ।
संयोग कस्तो रह्यो भने, विपिनले आफू जन्मिनुअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरिसकेका र २००८ मा राजस्थानबाट इन्डियन प्रिमियर लिग (आईपीएल) जितिसकेका तनविरको विकेट लिए ।
यस्तै १९औं ओभर बलिङ गरेका विपिनले चौथो बलमा अमर सिंह राउटेलालाई पनि बोल्ड गरे । दोस्रो बलमा राउटेलाले विपिनलाई छक्का प्रहार गरेका थिए । तर तेस्रो बल डट राख्दै दबाब बनाएर चौथो बलमा बोल्ड गरेका हुन् ।
विपिनले आफूलाई दिएको जिम्मेवारि राम्रोसँग निभाए ।
अनुभवी अनलारउण्डर जिसान मक्सुदले पनि विपिनको तारिफ गरे । ‘हामीले जोडीको रुपमा बलिङ गर्यो । उनीसँग बलिङ गर्दा राम्रो भयो । उनीसँग धेरै क्षमता छ, खेलपछि पत्रकार समम्लेनमा मक्सुदले विपिनको बारेमा भने, ‘उनले कर्णाद्यी टिमको लागि अझ राम्रो प्रदर्शन गर्न सक्छ ।’
यसैगरी मक्सुदले चाँडै जित्नुपर्ने खेल अन्तिम ओभर सम्म पुगेपनि जित महत्वपूर्ण भएको बताए । ‘हामीले अझ चाँडै जित्नुपर्ने थियो तर खेल जित्यौँ त्यो महत्वपूर्ण हो, उनले भने, ‘अब आउने खेलमा आज राम्रो गर्नुपर्छ । हामीले खेल जित्न राम्रो क्रिकेट खेल्नुपर्छ ।’
यसअघि पनि टीयू मैदानमा ओमानको राष्ट्रिय टिमबाट धेरै पटक खेलिसकेका मक्सुदले नेपालमा आएर खेल्दा धेरै खुशी लागेको बताए ।
विपिनको ३ र मक्सुदको २ विकेटमा कर्णालीले चितवनलाई १३०/७ मा रोक्न सफल भयो । जसले गर्दा कर्णालीले एक लक्ष्य पछ्यउदा आरामले ब्याटिङ गर्न पायो । यद्यपी कर्णालीले पनि संघर्ष गर्दै अन्तिम ओभरमा पुगेर खेल जित्यो । कर्णालीले १ बल बाँकी छँदा ४ विकेट गुमाएर १३२ रन बनाएर खेल जितेको हो ।
ट्यालेन्ट हन्टबाट आएको प्रतिभा
विपिनको लागि यो किन महत्वपूर्ण रह्यो भने उनी कुनै स्टार खेलाडी भएर वा चर्चित भएर कर्णाली टिममा परेका थिएनन् । उनी ट्यालेन्ट हन्टमार्फत टिममा समावेश भएका लोकल आइकोनिक प्लेअर थिए ।
एनपीएलमा सहभागि ८ वटै फ्रेन्चाइजले आफ्नो टिममा एक लोकल आइकोनिक प्लेअर राख्नुपर्ने प्रावधान थियो । त्यसमा विपिनले अन्य क्षमतावाना युवा खेलाडीलाई पछि पार्दै कर्णालीको टिममा स्थान बनाएका थिए ।
बायाँ हाते स्पीनर विपिनले टिममा भुवन केसी जस्ता अनुभवी र मौसम ढकाल जस्ता लेग स्पीर हादा पनि पहिलो रोजाईँमा अवस्र पाए । त्यसमा पनि उनले नेपालको सिनियर टिम सदस्य सोमपाल कामी गुल्सन झा देखि देव खनालसम्म अनी भारतीय स्टार शिखर धवन ओमानका अलराउण्डर जिसान मक्सुद जस्ता अनुभवी खेलाडीहरुसँग एकै सेटमा खेल्न पाए ।
विपिनले अघिल्लो खेलमा काठमान्डु गुर्खाज विरुद्ध खेल्दै एनपीएलमा डेब्यु गरेका थिए । पहिलो खेलमा बेन्चमा बसेका उनले मौसम ढकाललाई रिप्लेस गर्दै पहिलो रोजाईँमा स्थान बनाएका थिए । त्यस खेलमा उनले काठमान्डुका माइकल लेभिटलाई आउट गरेका थिए । उनले उक्त खेलमा ४ ओभर पूरा बलिङ गर्दै १८ रन खर्चेर १ विकेट लिएका थिए ।
विपिनले घरेलु क्रिकेटमा भने कर्णालीको सिनियर र यू१९ टिमबाट खेलिसकेका छन् । उनले २०२४ मार्चमा विराटनगरमा भएको कोशी प्रदेश ट्रफी नेशनल टी२० च्याम्पियनसिप कर्णाद्यी प्रदेशबाट खेलेका थिए ।
त्यसमा उनले एपीएफ विरुद्ध एक खेल खेलेका थिए । यस्तै अप्रिलमा काठमाडौंमा भएको क्यान राष्ट्रिय टी२० प्रतियोगितामा पनि उनले कर्णालीबाटै खेलेका थिए । जसमा विपिनले कोशी प्रदेश विरुद्ध १ खेलमा अवसर पाएका थिए र १ विकेट लिएका थिए ।
यसैगरी गत महिना विराटनगरमै भएको नरेश मेमोरियल यू१९ राष्ट्रिय प्रतियोगितामा उनले कर्णालीको यू१९ टिमबाट खेलेका थिए । जहाँ उनले ६ खेलमा ११ विकेट लिए । बागमती र मधेश यू१९ विरुद्ध उनले ४-४ विकेट लिएका थिए ।
अझ बागमती विरुद्ध जित हात पार्दा त उनले ६.३ ओभरमै १ मेडन राखद् १० रन मात्र खर्चेर ४ विकेट लिएका थिए । यू१९ राष्ट्रिय प्रतियोगितामा विपिन शर्मा र युनिश विक्रम सिंह ठकुरीको स्पीन जोडीले कर्णाली यू१९ का लागि राम्रो प्रदर्शन गरेका थिए । ६ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा रहेका युनिश भने अक्सनबाटै कर्णाद्यी याक्स टिममा छनोट भएका थिए ।
उनले यू-१९ एसिया कप खेलेर पनि आए । शुक्रबार एनपीएलमा डेब्यु पनि गरे । एक ओभर बलिङ गर्दै १० रन खर्चेका उनले विकेट भने लिन सकेनन् । सँगै यू१९ राष्ट्रिय प्रतियोगिता खेलेपनि अक्सनमा कुनै टिममा नपरेका विपिन ट्यलेन्ट हन्टमार्फत आफ्नै क्षेत्रको फ्रेन्चाइज टिमबाट एनपीएल खेल्ने अवसर पाए ।
प्रतिक्रिया 4