+
+

टिकटकको जालमा फस्नु भएको छ ? प्रतिपादन भयो नयाँ शब्द

सायद अहिलेसम्म मानिसको यस्तो सोसल मिडिया लतका लागि कुनै शब्दको प्रतिपादन भएको थिएन । हालै अंग्रेजीको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय प्रेस डिक्सनरीले यसका लागि एउटा शब्दको सिर्जना गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १६:०१

अनलाइनमा जतिधेरै मीम्स हेरेपनि के तपाइँको मन अघाउँदैन ? इन्स्टाग्राम रिल्स वा टिकटकमा के तपाईं घण्टौंसम्म स्क्रोल गरेर भिडियो हेरिरहनुहुन्छ ?

तपाईंको यस्तो लतको नाम के हो ? सायद अहिलेसम्म मानिसको यस्तो सोसल मिडिया लतका लागि कुनै शब्दको प्रतिपादन भएको थिएन । हालै अंग्रेजीको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय प्रेस डिक्सनरीले यसका लागि एउटा शब्दको सिर्जना गरेको छ ।

उक्त शब्द हो ब्रेन रट (Brain Rot) ।

ब्रेन रट एक यस्तो शब्द हो, जसले सोसल मिडियामा अनावश्यक अनलाइन सामाग्री अत्यधिक हेर्दा हुने असरप्रति चिन्ता व्यक्त गर्दछ । यसको उपयोग २०२३ देखि २०२४ को बीचमा २३० प्रतिशतले बढेको छ ।

मनोवैज्ञानिक तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयू प्रिजबिल्स्कीका अनुसार यो शब्दको लोकप्रियताले हाम्रो समयको यथार्थलाई दर्शाउँछ।

ब्रेन रटले शव्दकोश प्रकाशकको शर्टलिस्टमा सामेल अन्य पाँच शब्दलाई पछि पारेको छ जसमा Demure, Romantansy, dynamic pricing लगायतका छन् ।

ब्रेन रट के हो ?

ब्रेन रटको अर्थ कुनै व्यक्तिको मानसिक वा बौद्धिक स्थिति बिग्रनु हो । यसलाई बेकार तथा निकै सहज रुपमा बुझिने सामाग्रीको अत्यधिक प्रयोगको नतिजा मानिन्छ ।

पहिलोपटक ब्रेन रटको प्रयोग इन्टरनेटको विकास हुनुु भन्दा धेरै अगाडि दर्ज गरिएको थियो । सन् १८५४ मा हेनरी डेभिड थोरोले आफ्नो पुस्तक वाल्डेनमा यस बारेमा लेखेका थिए ।

यसले समाजका ती आनीबानीको आलोचना गर्दछ जसले जटिल विचारालई कम महत्व दिन्छ र यसलाई मानसिक तथा बौद्धिक गिरावटको हिस्सा मान्दछ ।

यस विषयमा उनी प्रश्न गर्छन् , ‘बेलायत आलु कुहिनबाट रोक्ने प्रयासमा लागेको छ । तर के कोही ब्रेन रट लार्य निको पार्ने कोसिस गर्दैन ? किनकि यो समस्या निकै धेरै व्यापक र घातक छ ।’

यो शब्द सबैभन्दा पहिले सोसल मिडियामा जेन जी तथा जेन अल्फाको माझमा लोकप्रिय भयो । तर अहिले यसको प्रयोग आमरुपमा हुन थालिसकेको छ ताकि सोसल मिडियामा भेटिने बेकार खालका सामाग्रीको नामाकरण गर्न सकियोस् ।

प्राध्यापक प्रिजबिल्स्की भन्छन्, ‘ब्रेन रट जस्तो कुनै चिज पनि हुन्छ भन्ने कुराको कुनै सबूत छैन । यसले अनलाइन दुनियाँप्रति हाम्रो असन्तुष्टि देखाउँछ । यो यस्तो शब्द हो जसबाट हामीले सोसल मिडियाका विषयमा आफ्ना चिन्ताहरूलाई व्यक्त गर्दछौँ ।’

अक्सफोर्ड ल्यांग्वेजेजका अध्यक्ष क्यास्पर ग्रेथवालका अनुसार पछिल्लो २ दशकको अक्सफोर्ड वर्ष शव्दको सूचीलाई हेर्दा के भन्न सकिन्छ भने हाम्रो ध्यान विस्तारै यस विषयमा केन्द्रित भैरहेको छ कि हाम्रो भर्चुअल जीवन कसरी परिवर्तन भैरहेको छ र इन्टरनेट संस्कृति हाम्रो व्यक्तित्व तथा कुराकानीको कति ठूलो हिस्सा बनिरहेको छ ।

उनी भन्छन्, ‘गतवर्ष जुन शब्द छनोट भयो त्यो थियो ‘रिज’ (rizz) । हाम्रो भाषा कसरी अब अनलाइन समुदायमा सिर्जना हुन्छ, समायोजन हुनछ र शेयर हुन्छ भन्ने कुराको यो रोचक उदाहरण हो ।’

ब्रेन रटनले भर्चुअल जीवनका खतरामध्ये एकलाई दर्शाउँछ र हामीले हाम्रो खाली समयको प्रयोग कसरी गरिरहेका छौँ भन्ने देखाउँछ।

अरु कुन शब्दहरू सर्ट लिस्टमा परे ?

डिम्योर (Demure)  : यो एउटा विशेषण शब्द हो र यसको अर्थ सौम्य वा संयमित भन्ने हुन्छ । त्यस्तो व्यक्ति जो आफ्नो व्यवहारमा संयमित हुन्छ र देखावटी गर्न चाहँदैन, त्यसलाई डिम्योर भनिन्छ ।

डाइनामिक प्राइसिंग (Dynamic Pricing) : यो नाम शब्द हो । यसले कुनै वस्तुवा सेवाको मूल्य बजारको बदलिँदो स्थिति अनुसार हुने बदलावलाई जनाउँछ । खास रुपमा जब कुनै सामानको माग धेरै हुन्छ, उसको मूल्य बढ्दछ।

लोर (Lore) : यो पनि नाम शब्द हो । कुनै व्यक्ति वा विषयसँग सम्बन्धित तथ्य, पृष्ठभूमिको जानकारी तथा कथाहरूको संग्रह जसलाई सम्बन्धित विषयको पूर्ण बुझाई वा चर्चाका लागि आवश्यक मानिन्छ ।

रोमान्टेसी (Romantacy)  : यो पनि नाम शब्द हो । रोमान्स र फन्टासीको संयोजन गरेर लेखिने एक कथा शैली हो जसमा खासगरी जादू, अलौकिक तथा साहसिक कथा हुन्छन् । तर त्यसको केन्द्रमा एउटा रोमान्टिक कहानी हुनछ ।

स्लोप (Slop)  : यो पनि नाम शब्द नै हो । कला, लेखन वा कुनै अन्य सिर्जना तयार गर्नमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको हुन्छ अनि आफ्नो विवेकको प्रयोग नगरीकनै सिर्जना तथा

शेयर गरिएको हुन्छ भने त्यसलाई स्लोप भनिन्छ । यसमा त्यस्ता चिज सामेल हुन्छन् जो अप्रमाणित तथा बेकार हुन्छन् ।

क्याम्ब्रिज विश्वविद्यालयले कुन शव्द छनोट गरेको थियो ?

अक्सफोर्ड विश्वविद्यालय प्रेसले मात्र विश्व वर्ष शब्दको घोषणा गर्ने होइन, गत महिना क्याम्ब्रिज विश्वविद्यालयले मेनिफेस्ट (Manifest)  शब्दको घोषणा गर्यो ।

पारम्परिक रुपमा मेनिफेस्ट शव्द यदि विशेषणको रुपमा प्रयोग भइरहेको हुन्थ्यो भने अर्थ स्पष्ट तथा ज्ञात भन्ने हुन्छ । तर नामको रुपमा यसको अर्थ कुनै चिजलाई संकेत वा क्रियाहरुको माध्यमबाट प्रष्ट रुपमा देखाउनु भन्ने हुन्छ ।

अब यसमा टू मेनिफेस्ट पनि सामेल भएको छ । टू मेनिफेस्टको अर्थ तपाईं जे पाउन चाहुनुहुन्छ त्यसको बारेमा यकिनसँग कल्पना गर्नेहो भने त्यसलाई हासिल गर्ने सम्भावना बढ्दछ ।

कोलिंग्स इंगलिश डिक्सनरीले नोभेमबरमा ब्राट शब्दलाई आफ्नो वर्ष शव्दको रुपमा घोषणा ग¥यो । ब्रेटले यस्तो व्यक्तिलाई जनाउँछ जो आत्मविश्वासी, स्वतन्त्र तथा रमाइलो गर्ने स्वभावको होस् ।
त्यसका साथै एक अर्को इन्टरनेट ट्रेण्ड डिक्सनरी डटकमको वर्ष शव्द बन्यो । डिक्सनरी डटकमको वर्ष शव्द डिम्योर हो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?