+
+

अख्तियारले मगायो केयू प्राज्ञिक परिषद्को माइन्युट

दीक्षान्तको प्रक्रियालाई अख्तियारले रुजु गरेपछि परीक्षा नियन्त्रक र प्राज्ञिक परिषद्का सदस्यसचिवसँग जवाफदेही माग्नुपर्ने देखिएकाले परिषद्को माइन्युट झिकाएको अख्तियार स्रोतले जानकारी दियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते २१:२०

९ पुस, काठमाडौं । परीक्षामा सहभागी नै नभएका विद्यार्थी दीक्षित भएको घटनामा काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद्को माइन्युट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएको छ ।

आइतबारदेखि यो घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको अख्तियारले मंगलवार अपराह्न प्राज्ञिक परिषद्को माइन्युट मगाएको स्रोतले अनलाइनखबरलाई बताएको छ ।

विश्वविद्यालयमा परीक्षा नियन्त्रण कार्यालय र प्राज्ञिक परिषद् परीक्षासम्बन्धी प्राप्त तथ्यांकको विश्वसनीयता परीक्षण गर्ने निकाय हुन् । त्यसपछि दीक्षान्तको प्रस्तावलाई कार्यकारी परिषद्ले अनुमोदन गरेर प्रधानमन्त्रीले अध्यक्षता गर्ने विश्वविद्यालय सभाको बैठकबाट अन्तिम दीक्षान्त घोषणा गरिन्छ ।

प्राज्ञिक परिषद्ले पारित गरेको सूचीका आधारमा उपकुलपति र रजिष्ट्रारले प्रमाणपत्रमा हस्ताक्षर गर्छन् । त्यसअघि प्रत्येक प्रमाणपत्रमा परिक्षा नियन्त्रण कार्यालयको प्रबन्धक तहको कर्मचारीले ‘भेरिफाइड’ छाप लगाएर सही गरिदिने अभ्यास छ ।

मार्कसिट र ट्रान्सक्रिप्टमा भने परीक्षा नियन्त्रकको मात्रै हस्ताक्षर रहन्छ ।

दीक्षान्तको प्रक्रियालाई अख्तियारले रुजु गरेपछि परीक्षा नियन्त्रक र प्राज्ञिक परिषद्का सदस्यसचिवसँग जवाफदेही माग्नुपर्ने देखिएकाले परिषद्को माइन्युट झिकाएको अख्तियार स्रोतले जानकारी दियो ।

२९ मंसिरमा भएको विश्वविद्यालयको दीक्षान्त समारोहअघि गत २४ मंसिरमा प्राज्ञिक परिषद् बैठक बसेको थियो ।

अख्तियारले प्राज्ञिक परिषद्को माइन्युटसहित अन्य कागजात मागेको प्राज्ञिक परिषद्का सदस्य सचिव प्रा.डा. बालचन्द्र लुइँटेलले बताए । प्राज्ञिक परिषद्को काममा आफ्नो मात्रै जिम्मेवारी नरहेको उनको दाबी छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट आएको ग्रेस लिस्टलाई प्राज्ञिक परिषद्ले अनुमोदन गरेर पठाउने परम्परा विश्वविद्यालयमा रहेको उनले बताए । त्यसरी अनुमोदनको निर्णय गर्ने परिषद्ले नै गल्तीको जिम्मेवारी लिनुपर्ने होला नि त भन्ने प्रश्नमा उनले त्यसको जिम्मेवारी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले लिनुपर्ने बताए ।

‘हामीले त पनिकाबाट परीक्षण र रुजु गरेर पठाएको कुरा ठीक छ भनेर सोध्ने हो र निर्णय गरेर पठाउने हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?