+
+
Shares

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ८:५०

६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन् ।

फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए ।

इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित हुनुभएको छ। दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?