
१९ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षबाट राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने बताइएको छ ।
शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्दै राष्ट्रपति पौडेले उक्त कुरा बताएका हुन् ।
‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरी आगामी वर्षबाट सञ्चालनमा ल्याइने छ’ उनले भने ।
त्यसैगरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप प्रभावकारी बनाइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4