
१३ असार, काठमाडौं । कलंकी-नागढुंगा खण्डअन्तर्गत थानकोट चेकपोस्ट नजिकै निर्माणाधीन अवस्थामा रहेको फ्लाइओभरको काम करिब सकिएको छ ।
मूल सडकको बीचको लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) अहिले कालोपत्रे भइरहेको छ । कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगेको छ ।
यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला–टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्छ ।
निर्माणको काम अन्तिम चरणमा पुगिसकेकोले अब छिट्टै नै काठमाडौंको मुख्य नाका नागढुंगा सुरुङमार्ग भएर काठमाडौंबाट बाहिरिने सवारीले प्रयोग गर्न पाउनेछन् ।
परामर्शदातृ कम्पनी निप्पोनका अनुसार यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प (उकालो सडक) बन्नेको छ भने पहुँचमार्गतर्फ २१० मिटरको र्याम्प त भएको छ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना खडा भइसकेको छ ।
लामो समयदेखि यस क्षेत्रमा निर्माणको काम भइरहेकोले स्थानीयवासीले भने पीडित भएको गुनासो गर्ने गरेका छन् । निर्माणको धुवाँ-धुलोका साथै ठूला मेसिनको थर्काइले घरमा समेत क्षति पुगेको स्थानीयवासीको गुनासो छ ।
तस्वीरहरू : आर्यन धिमाल
प्रतिक्रिया 4