+
+
Shares

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य गर्दा प्रधानमन्त्री कार्यालयको चासो, मन्त्रालयका अधिकारी छलफलमा

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंगलबार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १२:३७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य गरिएसँगै प्रधानमन्त्री कार्यालयको समेत चासो बढेको छ ।
  • घरजग्गा व्यवसायीको दबाब आएपछि प्रधानमन्त्री कार्यालयको दबाबमा मन्त्रालयका सचिव र विभागका महानिर्देशकबीच छलफल सुरु भएको छ ।
  • भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंगलबार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेको थियो ।

२२ जेठ, काठमाडौं । घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य गरिएसँगै प्रधानमन्त्री कार्यालयको समेत चासो बढेको छ । घरजग्गा व्यवसायीको दबाब आएपछि प्रधानमन्त्री कार्यालयको दबाबमा मन्त्रालयका सचिव र विभागका महानिर्देशकबीच छलफल सुरु भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंगलबार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेको थियो ।

उक्त निर्देशन अस्पष्ट भएको भन्दै प्रधानमन्त्रीको कार्यालयबाट सोधपुछ भएको विभागका प्रवक्ता वेदप्रसाद अर्यालले बताए । प्रधानमन्त्रीको कार्यालयबाट औपचारिक रूपमा नआएको भए पनि निर्देशन अस्पष्ट भएको भन्दै विभागमा सोधपुछ भएको उनले बताए ।

बिहीबार प्रधानमन्त्रीको कार्यलयले चासो देखाएपछि विभागका महानिर्देशक सोही विषयको छलफलका लागि मन्त्रालय गएका छन् । यो समाचार तयार पार्दासम्म भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा विभागका महानिर्देशक सोही विषयको छलफलमा छन् ।

विभागले जारी गरेको निर्देशिकामा घरजग्गाको कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गरिएको छ । घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखत साथ संलग्न गर्नुपर्ने व्यवस्था निर्देशनमा छ ।

एफएटीफले नेपालको सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका बनाएका नियम कानुनको कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै यसै वर्ष ग्रे लिस्टमा राखेको छ । नेपाललाई ग्रे लिस्टबाट बाहिर आउने समय २ वर्ष दिइएको छ ।

सरकारका अर्थमन्त्री विष्णु पौडेल भने दिइएको समय भन्दा छिटो देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउने बताउने गरेका छन् । ग्रे लिस्टबाट बाहिर ल्याउने दबाबका कारण विभागले निर्देशन मार्फत घरजग्गाको कारोबारलाई कडाइ गरेको थियो । तर, उक्त निर्देशनको प्रभावकारी कार्यान्वयन हुनेमा भने पछिल्लो गतिविधिले आशंका पैदा गरेको छ ।

निर्देशिका अनुसार बैंक मार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा दश लाखभन्दा बढीको घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन बापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नु पर्नेछ ।

त्यसैगरी लाभकर बापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।

घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेश गरेमा पनि बैंक स्टेटमेन्ट अनिवार्य गरेको छ । १० लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण बैनाट्टाको कागजसाथ पेस गर्नुपर्ने व्यवस्था विभागले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?