+
+
Shares

चित्रबहादुरको प्रश्न- पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वंशजको नागरिकता सम्बन्धी प्रस्तावलाई अस्वीकार गरे।
  • उनीहरूले भने, वंशजको नागरिकता दिनु उचित छैन र पैसा कमाएका कारण नागरिकता पाइन्छ भन्ने कुरामा प्रश्न उठाए।
  • केसीले नेपाली र ब्रिटिश नागरिकता सम्बन्धी कानुनी व्यवस्था र संसदको भोटिङ आवश्यक रहेको बताए।.

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएका छन् ।

मंगलबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै प्रश्नसमेत गरे । पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने उनको भनाइ थियो ।

‘आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो । गैह्रआवासीय नेपालीहरुको समस्या र धेरै कुराहरू सुनियो । उपदेश पनि धेरै सुनिरहेको छ,’ उनले भने, ‘उनीहरू यहाँ आउन पाउने र उनीहरूलाई वंशजको नागरिकता दिने हो भने देश स्वीट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो । पैसा कमाएका कारणले नागरिकता पाइन्छ ? वंशजको नागरिकता पाइन्छ ? त्यसो भए त धेरैले लिन्थे नि ।’

गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको बताउँदै उनले ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने बताए ।

‘गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ, त्यसले उहाँहरूलाई पुगेको छैन । त्यस्तो हुन्छ । ब्रिटिश गोरखाको पनि त्यही छ । उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ,’ केसीले भने, ‘दुईतिर नागरिकता लिन पाइन्छ ? संसदमा भोटिङ हुनुपर्छ यसबारेमा । मेरो एउटै भोट पर्ला फरक पर्दैन । विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?