+
+
Shares

संसद्को क्यालेन्डरमा आएन शिक्षा विधेयक र निजामती विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको असार १५ गतेसम्मको क्यालेन्डरमा विद्यालय शिक्षा र निजामती सेवा विधेयक समावेश छैन।
  • निजामती सेवा विधेयक प्रतिनिधि सभामै अड्किएको छ र कार्यसूचीमा छैन।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा विधेयकका विषयमा छलफल गरिरहेका छन्।

५ असार, काठमाडौं । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । जसमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन ।

निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो । तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन ।

बिहीबार बैठक बस्दैछ । कार्यसूचीमा निजामती विधेयक छैन । असार १५ गते सम्मको पाक्षिक क्यालेन्डरमा समेत यो विधेयक अगाडि बढाउने विषय समावेश हुन नसकेको हो ।

बरु निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम छलफलमा छन् । गत सोमबार मन्त्रिपरिषद्‍को बैठकमै छलफल भएको थियो । बुधबार प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूसँग छलफल गरे ।

विद्यालय शिक्षा विधेयक पनि प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा परेको छैन । असार १५ गते सम्म विधेयक पारित गर्ने सरकारकै प्रतिबद्धता छ । तर, त्यसबेलासम्मको क्यालेन्डरमा यो विषय पर्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?