
७ असार, हुम्ला । सर्केगाड गाउँपालिका–३ उनापानी गाउँका आगलागी पीडितलाई ९० हजार आर्थिक सहयोग भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय इकाइका प्रमुख उमेश फडेराले २० हजार, सिद्ध कार्कीले १० हजार, कालिबहादुर महताराले १० र राजेन्द्र कार्कीले ५० हजार गरी ९० हजार सहयोग गरिएको हो ।
वडाध्यक्ष अकिल कार्कीको रोहबरमा आर्थिक सहयोग गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ हुम्लाका कार्यालय प्रमुख उमेश फडेराले जानकारी दिए ।
व्यक्तिगत रुपमा सानो आगलागी पीडितलाई सहयोग गरेको उनले बताए ।
आशा फडेरा, बिर्जन फडेरा, धनबहादुर रावत, बिर्ख रावतलाई, जनक रावत, प्रकाश फडेरा, लालकौरा फडेरा र पाले फडेराको परिवारलाई १०/१० हजारको दरले सहयोग गरिएको हो ।
यही असार १ गते आगलागी हुँदा उनापानीमा एक करोडभन्दा धेरै क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4