+
+
Shares

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै महानगरले गरायो ५० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महानगरपालिकाले गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै श्री रेक्स प्रेफव एण्ड कन्स्ट्रक्सन प्रा.लिलाई ५० हजार रुपैयाँ जरिवाना गर्यो।
  • उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत् अवस्थामा निर्माण गर्न आदेश दिइएको छ।
  • महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्न कडा कदम चाल्ने नीति लिएको जनाएको छ।

८ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका, गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै श्री रेक्स प्रेफव एण्ड कन्स्ट्रक्सन प्रा.लिलाई महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

साथै, उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत् अवस्थामा निर्माण गर्न आदेश दिइएको छ ।

महानगरपालिकाका अनुसार, उक्त कम्पनीले गैरीधारामा सार्वजनिक सम्पत्तिको दुरुपयोग र क्षति पुर्‍याएको पाइएपछि यो कारबाही गरिएको हो ।

महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्न कडा कदम चाल्ने नीति लिएको जनाएको छ ।

यो कारबाहीले अन्य कम्पनी र व्यक्तिहरूलाई पनि सार्वजनिक सम्पत्तिको संरक्षणप्रति सचेत रहन प्रेरित गर्ने विश्वास महानगरपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?