+
+
Shares

कलाकारसहित १६ जनालाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका च्याप्टरले १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गर्यो।
  • समारोहमा नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय र समाजसेवामा योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो।
  • कार्यक्रममा कलाकार, समाजसेवी, उद्यमी र खेलकुद व्यक्तिहरूलाई सम्मान र प्रमाणपत्र प्रदान गरियो।

बाल्टिमोर (मेरिल्याण्ड) । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ ।

अमेरिकी समयानुसार शनिबार आयोजित समारोहमा अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान पुर्‍याउनेहरूलाई सम्मान प्रदान गरिएको हो ।

ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको अध्यक्षता र ग्लोबलकी संरक्षक नीता श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय राज्य निकायका तर्फबाट सिनेटर, डेलिगेट्स, बिभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए ।

फिल्ममार्फत मानवअधिकार र संस्कृति प्रवर्धनमा योगदान दिने पूर्णसिंह बराइली, ललित कलाकार राजेन्द्र केसी, उदीयमान गायिका आश्रा कुँवर, प्रतिभावान दृष्टिविहिन सुजन ढकाल, संस्कृति प्रवर्धनमा सक्रिय संस्था ‘नेपाल पासा पुचः अमेरिकाय’लाई ईनास राष्ट्रिय सम्मान २०२५ प्रदान गरियो ।

गीतकार तथा साहित्यकार अम्बिका गुरुङ, स्वयमसेवकको रुपमा सक्रिय रुबी पौडेल र अपेक्षासिंह परियार, समाजसेवी विजया शाह, उद्यमी तथा समाजसेवी अमर छन्त्याल, नृत्य कोरियोग्राफर नवीन केसी, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, तेक्वान्दो खेल प्रवर्धनमा सक्रिय दम्पती कुमार र कल्पना कार्की, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनाम र फिल्म अभिनेत्री दिब्या रायमाझीलाई ईनास अमेरिका राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको थियो ।

रेडकार्पेटमा पञ्चैबाजासहित पाहुनालाई स्वागत गरिएको थियो । गुरुङ र नेवार समुदायले झाँकी बाजामार्फत सांगीतिक प्रस्तुति दिएका थिए ।

अमेरिकामा जन्मिएको पछिल्लो पुस्तादेखि नेपालबाट त्यहाँ पुगेको अघिल्लो दुवै पुस्ता कार्यक्रममा सहभागी रहे । कार्यक्रममा फिल्म ‘तेल भिसा’ र वेब-सिरिज ‘घर बट इन अमेरिका’को टिमलाई सम्मान प्रदान गरिएको थियो ।

अमेरिका र विभिन्न युुरोपेली मुलुकबाट पुगेका कलाकारलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो । बालकलाकारले हिमाल, तराई, पहाड झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

राष्ट्रिय कलाकारको सामूहिक गायन प्रस्तुतिले श्रोता, दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । इनास संस्थाका विभिन्न कार्यसमिति, राज्य समिति र राष्ट्रिय समितिका अध्यक्षलाई ईनास सम्मान प्रदान गरिएको थियो ।

इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले संस्था स्थापनाको उद्देश्य र इतिहासबारे जानकारी दिएका थिए ।

तस्वीरहरू : इनेप्लीज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?