+
+
Shares

विपद् प्रतिकार्यका लागि काठमाण्डौं, पोखरा र सुर्खेतमा तयारी अवस्थामा हेलिकप्टर

गृहमन्त्री लेखकले मुुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १२:११
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरणका लागि काठमाण्डौं, पोखरा र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए।
  • उनले विपद् व्यवस्थापनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको र सबै निकायले सहकार्य गर्नुपर्ने बताए।
  • उनले भूगोलमा विपद् जोखिम बढी भएकाले सधैं तयारी अवस्थामा बस्न आवश्यक रहेको उल्लेख गरे।

१० असार, काठमाडौं । विपद् प्रतिकार्यका लागि सरकारले काठमाण्डौं, पोखरा र सुर्खेतमा तयारी अवस्थामा हेलिकप्टर राखेको छ ।

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाण्डौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको जानकाी दिएका छन् ।

मंगलबार काठमाण्डौंमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए ।

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ ।’ गृहमन्त्री लेखकले भने, ‘सिमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका ागि सरकार लागि परेको छ ।’

उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड दिए ।

विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं ।’ लेखकले भने, ‘जुनसुकैबेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।’

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए ।

संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?