+
+
Shares

तीन दिनदेखि लगातार बढ्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार लगातार तीन दिनदेखि बढिरहेको छ र मंगलबार नेप्से २८.९१ अंकले वृद्धि भयो।
  • आजको कारोबार रकम ७ अर्ब ३ करोड पुगेको छ र अधिकांश सूचकहरू बढेका छन्।
  • लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले बढेको छ ।

१७ असार, काठमाडौं । तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ ।

यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो ।  आजको वृद्धिपछि २६६० मा कायम भएको छ ।

मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो ।

२१७ कम्पनीको मूल्य बढ्यो भने ३१ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।

बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनानस २.२२, निर्जीवन बीमा १.०५, अन्य ०.४८ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशत घटे ।

सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य बराबर ९.८७ प्रतिशत बढ्यो । त्यस्तै बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढ्यो ।

युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै २.१३ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, बुटवल पावर, सप्तकोशी विकास बैंक र युनियन हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?