+
+
Shares

जलवायु संकट र फोहोर व्यवस्थापनका लागि महानगरको ‘जेरो वेस्ट सिटी’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १५:४७

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु संकट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि ‘जेरो वेस्ट सिटी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले स्रोतमै फोहोर छुट्याउने (सोर्स सेग्रेसन), फोहोरबाट उर्जा उत्पादन (वेस्ट टु इनर्जी), सामुदायिक पुन:प्रयोग केन्द्र र शहरी वनको अवधारणा कार्यान्वयन गरिने बताए ।

महानगरको नीति तथा कार्यक्रमअनुसार फोहोर व्यवस्थापनका परम्परागत तरिका सुधार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोगमा जोड दिइनेछ । नागरिकलाई फोहोरको वर्गीकरण, पुन:प्रयोग र जिम्मेवार उपभोगबारे सचेत गराउन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै वातावरण संरक्षण र दिगो शहरी विकास प्रणाली निर्माण गर्ने महानगरको योजना रहेको छ ।

यी कार्यक्रममार्फत काठमाडौंलाई सफा, हरित र जलवायु प्रतिरोधी शहर बनाउने दीर्घकालीन लक्ष्य लिइएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?