+
+
Shares

उद्योगमन्त्री भण्डारी र रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन आईओईका महासचिवबीच भेट

आईओईका महासचिव सान्तोसले नेपालको लगानी सम्भावना तथा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सिर्जना गरेको अवसर र चुनौतीबारे यस भ्रमणबाट थप बुझ्ने मौका प्राप्त गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगमन्त्री दामोदर भण्डारीले आईओई महासचिव रोबर्टो स्वारेज सान्तोससँग नेपालमा लगानी सम्भावना र निजी क्षेत्रको भूमिका बारे छलफल गर्नुभएको छ।
  • मन्त्री भण्डारीले सन् २०२६ मा नेपालको स्तरोन्नति र दिगो विकास लक्ष्यका लागि स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेको बताए।

९ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स’ (आईओई) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधबीच नेपालको अर्थतन्त्र पुनरुत्थान क्रममा रहेको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको र सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण निर्माणका कार्य जारी राखेको जानकारी गराए ।

उनले नेपालमा रहेको लगानी सम्भावनााबारे जानकारी गराउँदै विदेशी लगानी भित्र्याउन नीतिगत, कानुनी र प्रक्रियागत सुधार भइरहेको तथा त्यसको परिणामस्वरूप हालका वर्षमा विदेशी लगानी स्वीकृतिका दर क्रमशः वृद्धि भइरहेको विषयमा जोड दिए ।

मन्त्री भण्डारीले नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति तथा दिगो विकास लक्ष्य प्राप्तिका सन्दर्भमा थप स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेको सन्दर्भमा आईओई र नेपाली निजी क्षेत्रबीच साझेदारी प्रवर्द्धन हुने अपेक्षा व्यक्त गरे ।

उनले महासचिव सान्तोसलाई नेपालमा रहेका लगानी सम्भावनाबारे विश्वभरिका लगानीकर्तामाझ सूचना सम्प्रेषण, नेपालका साना तथा मझौला उद्यमी–व्यवसायीको क्षमता विस्तार तथा आधुनिक प्रविधि हस्तान्तरण लगायत क्षेत्रमा नेपालको निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न अनुरोध गरे ।

आईओईका महासचिव सान्तोसले नेपालको लगानी सम्भावना तथा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सिर्जना गरेको अवसर र चुनौतीबारे यस भ्रमणबाट थप बुझ्ने मौका प्राप्त गरेको बताए ।

विश्वव्यापी सञ्जाल भएको संस्थाका रूपमा आईओई रहेको बताउँदै उनले नेपालको साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्यको पहल भइरहेको उल्लेख गरे ।

उक्त भेटमा आगामी दिनमा समेत नेपालको निजी क्षेत्रसँग सहकार्यका थप सम्भावना खोजी गर्ने तथा नेपालमा लगानी विस्तारका लागि सूचना सम्प्रेषणमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?