१५ मंसिर, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेको बताएका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी नीतिगत र कार्यपद्धतिमा सुधार गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
उनले वर्तमान सरकारले जेनजी आन्दोलनको भावना अनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए ।
‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरी सरकारी नीतिगत र कार्यपद्धति दुवैमा सुधार गर्न प्रतिबद्ध मात्रै रहेका छैनौँ । त्यही दिशामा हामीले कार्यहरू अगाडि बढाएका पनि छौँ । अहिलेको सरकारले जेनजी आन्दोलनको मर्मलाई केन्द्रमा राखेर आफ्नो कार्य गरिररहेको समेत जानकारी गराउँछु,’ उनले भने ।
प्रतिक्रिया 4