+
+
Shares

रञ्जिताको निर्णयबाट मेरो र पार्टी सदस्यको चित्त दुखेको छ : रेशम चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १७:३३

१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टीको कार्यबाहक अध्यक्षमा शिव बास्तोलालाई तोक्नु पार्टी विधान विपरित भएको बताएका छन् ।

बुधार पार्टीको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले यस्तो बताएका हुन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि बास्तोलाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै बास्तोलालाई कार्यबाहक तोकेकी थिइन् ।

तर, उक्त विषय आफू र पार्टी सदस्यलाई चित्त नबुझेको चौधरीले बताएका छन् ।

‘रन्जिताजीले केन्द्रीय कमिटीको बैठक बोलाएर प्रष्टीकरण दिनुपर्थ्यो । कार्यबाहक अध्यक्ष तोकेको सन्दर्भमा मलाई व्यक्तिगत रुपमा अत्यन्तै मन परेको छैन,’ चौधरीले भने, ‘धेरै व्यक्तिको चित्त पनि बुझेको छैन । विधान विपरीत उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर तोक्नुपर्थ्यो । त्यसकारण पार्टीमा गम्भीर छलफल हुनुपर्‍यो ।’

रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । विधान विपरीत कार्यबाहक अध्यक्ष तोकेको कारण देखाउँदै उनलाई अध्यक्ष पदबाट हटाइएको थियो ।

त्यसतर्फ संकेत गर्दै चौधरीले राजनीतिमा सधैँ आफू मात्रै अघि बढ्न पाइन्छ भन्ने धारणा त्याग्न आग्रह गरे ।

‘हाम्रा कार्यकर्ताले सोध्छन् हाम्रा कार्यबाहक अध्यक्ष को हो ? पार्टीमा यो अवस्था आउनुको पछाडि को किन जिम्मेवार छन् भन्ने छर्लंग छ । राजनीतिमा सधैँ आफू जीन्दगीभर बसिरहन पनि पाइँदैन,’ चौधरीले भनेका छन्, ‘बुवालाई अध्यक्ष बनाउने वा नबनाउने भन्ने सदस्य साथीहरूले धारणा व्यक्त गरेपछि थाहा हुने कुरा हो । मेरो आफ्नो व्यक्तिगत धारणा बुवालाई नै अध्यक्ष बनाउनुपर्छ भन्ने होइन ।’

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई पनि दिएको छ ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?