
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीस्थित कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्डमा वर्षापछि आएको पहिरोले ८ किलोमिटर क्षेत्रभित्र दुई स्थानमा सडक अवरुद्ध भएको छ।
- गरगरे सडक खण्डको पहिरो हटाउने काम सकिएको छ भने मुल्क र कनौटामा पहिरो हटाउने कार्य जारी रहेको प्रहरीले बताए।
- प्रहरी, सडक विभाग र स्थानीयबासीको सहकार्यमा अवरुद्ध सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको छ र यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
१९ साउन, गुल्मी । गुल्मीस्थित कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्डमा वर्षापछि आएको पहिरोका कारण ८ किलोमिटर क्षेत्रभित्र दुई स्थानमा सडक अवरुद्ध भएको छ।
गुल्मी प्रहरीका अनुसार गरगरे सडक खण्डको पहिरो भने हटाउने काम सकिएको छ। बाँकी दुई स्थान मुल्क र कनौटामा पहिरो हटाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ।
लगातारको वर्षाका कारण करिडोरमा ठूला पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
प्रहरी, सडक विभाग र स्थानीयबासीको सहकार्यमा अवरुद्ध सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको छ।
यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ। करिडोर पटक-पटक अवरुद्ध हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4