+
+
Shares

अनेरास्ववियूका पूर्वअध्यक्ष बडालको सुझाव- प्रधानमन्त्री पद ठूलो होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ०:२१

२३ भदौ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले सोमबार जेनजीहरूको प्रदर्शनमा सुरक्षा संयन्त्र र गुप्तचर निकायको लापरबाही भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव पनि दिएका छन् ।

उनले जेनजीको अभिभावक बन्नेगरी माफी मागेर नैतिक जिम्मेवारीको अभ्यास गर्दा उपयुक्त हुने टिप्पणी पनि गरेका छन् ।

‘जेनजीको आन्दोलनमाथि स्वार्थी समूहको घुसपैठ यो केवल दुर्घटना होइन, सरकारको सुरक्षा संयन्त्र र गुप्तचर निकायको घोर लापरबाहीको पराकाष्ठा हो,’ उनले लेखेका छन्, ‘प्रधानमन्त्री पद ठूलो होइन, असल उद्देश्य बोकेका जेनजी, मृत्यु र घाइते भएका जेनजीका अभिभावकसँग माफी मागेर नैतिक जिम्मेवारीको अभ्यास गर्दा मात्र सरकारप्रति सम्मान बाँच्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?