+
+
Shares

भावविह्वल बन्यो पशुपति आर्यघाट (तस्वीरहरू)

पशुपतिमा उनीहरूको अन्तिम बिदाइ हुँदै गर्दा सिंगो आर्यघाट नै भावविह्वल बन्यो । आर्यघाटमा उपस्थित आफन्तहरूको रुवाबासी चल्यो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ २७ गते १७:०३

२७ भदौ, काठमाडौं । गत सोमबार जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका ४ युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले शुक्रबार पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

पशुपतिमा उनीहरूको अन्तिम बिदाइ हुँदै गर्दा सिंगो आर्यघाट नै भावविह्वल बन्यो । आर्यघाटमा उपस्थित आफन्तहरूको रुवाबासी चल्यो ।

यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।

जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरूको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिएका थिए ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी ३ जना मृत भेटिएको प्रहरीले बताएको छ ।

थप तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?