
१ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र एनओसी जारी राखेको छ ।
सानो थिमिस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो ।
‘वैदिशक अध्ययनकालागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा आज पनि जारी राखेका छौँ,’ उनले भने ।
बिहान ११ बजेसम्म १८ वटा एनओसी शाखाले जारी गरेको छ ।
जेनजी आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4