
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका छन्।
- पाण्डेले 'सिंहदरबारमा आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो' भनेका छन् र नेपाली सेनासँग सोध्न समेत भनेका छन्।
- जेनजी आन्दोलनमा प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायत सरकारी भवनमा आगजनी र तोडफोड गरेका थिए।
१५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदबारको लागेको आगो निभाउन सबभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका दाबी गरेका छन् ।
बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् ।
भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा प्रदर्शनकारीले सिंहदबारमा तोडफोड र आगजनी गरेका थिए ।
जनस्तरमा काठमाडौं महानगरदेखि नजिकैको देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको भन्दै मेयर बालेन साह र महानगरको जनस्तरमा आलोचना भइरहेको छ ।
नगर प्रहरी प्रमुख पाण्डेले भने सिंहदबारमा आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले गएको कुरा विश्वास नलागे नेपाली सेनाले सोध्न समेत भनेका छन् ।
‘सिंहदरबारमा आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो । पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ,’ पाण्डेले लेखेका छन् ।
जेनजी आन्दोलनक्रममा प्रदर्शनकारीले सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासहित सरकारी भवन, व्यापारिक प्रतिष्ठान, निजी भवनमा तोडफोड गर्दै आगजनी गरेका थिए ।
राष्ट्रपति भवन रहेको शीतल निवास, सेनाको मुख्यालय जंगीअड्डा नजिकैको सिंहदरबार र सर्वोच्च अदालतको सुरक्षा गर्न नसकेको भन्दै नेपाली सेनाको समेत आलोचना भइरहेको छ ।
प्रतिक्रिया 4