१९ असोज, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा खुलेको छ ।
पहिरोका कारण हिजोदेखि अवरुद्ध सडक आज दिउँसोबाट खुलेको हो ।
तुइनखोलामा गएको पहिरो सबै पन्छाइसकिएको छ । अहिले उक्त सडकखण्डमा गाडीहरू सहज आवागमन भइरहेका छन् ।
देशभर भएको अविरल वर्षापछि चितवन हुँदै जाने सवारीसाधनलाई रोक लगाइएको थियो ।
आज मौसममा सुधार भएसँगै राजमार्गहरूमा सवारी साधनहरू धमाधम खुल्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4