News Summary
Generated by OK AI. Editorially reviewed.- आज १० कात्तिकमा छठ पर्वको मुख्य दिन भएकाले ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन्।
- प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरिन्।
- काठमाडौँका कमलपोखरी, गौरीघाट, विष्णुमती लगायत २१ स्थानमा छठ पूजास्थल निर्माण गरिएको छ।
१० कात्तिक, काठमाडौं। आज छठ पर्वको मुख्य दिन । ब्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन् ।
राजधानीको कमलपोखरीमा बनाइएको छठघाटलाई बेहुली झैं सजाइएको छ भने झिलिमिली बत्तीले थप आकर्षक बनाइएको छ ।
अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।

प्रधानमन्त्री सुशीला कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी छिन् ।उनले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी हुन् ।
ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
कमलपोखरीसँगै राजधानीका गौरीघाट, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।
हेर्नुहोस् तस्वीरहरू :


प्रतिक्रिया 4