+
+
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा टिकाराम भट्टराईले मागे दुई विषयमा अन्तरिम आदेश

सरकारलाई दूरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने तर्क

 बुधबार सर्वोच्च अदालतको संवेधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस गर्दै उनले संविधानमा थप क्षति हुन नदिनका लागि दुईवटा विषयमा ‘स्पेसिफिक’ अन्तरिम आदेश जारी हुनुपर्ने माग  गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १३:०८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संविधानमा थप क्षति हुन नदिन दुई विषयमा अन्तरिम आदेश मागेका छन्।
  • उनले पहिलोमा संवैधानिक प्रावधान विपरीतका काम नगर्न र दोस्रोमा दुरगामी असर पर्ने काम नगर्न अन्तरिम आदेश दिनुपर्ने बताए।
  • उनले वर्तमान सरकार अन्तरिम भएकाले निर्वाचन गराउनु मात्र कार्य भएकाले दुरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने आग्रह गरे।

१२ कात्तिक, काठमाडौं। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा दुई विषयमा अन्तरिम आदेश मागेका छन् ।

बुधबार सर्वोच्च अदालतको संवेधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस गर्दै उनले संविधानमा थप क्षति हुन नदिनका लागि दुईवटा विषयमा ‘स्पेसिफिक’ अन्तरिम आदेश जारी हुनुपर्ने माग  गरेका हुन् ।

पहिलो : संवैधानिक प्रावधान विपरीतका काम-कारबाही नगर्नु/नगराउनू।

दोस्रो : दुरगामी असर पर्ने कुनै पनि काम–कारबाही नगर्नु/नगराउनू ।

यो आदेश सरकारलाई दिइनुपर्ने उनको माग छ । वर्तमान सरकार अन्तरिम सरकार भएकाले यसको एक मात्र कार्य प्रतिनिधिसभाको निर्वाचन गराउनु तोकिएकाले दूरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने उनको आग्रह छ ।

सरकार गठनको वैधताको प्रश्न प्रारम्भिक भएकाले यो निरुपण नभएसम्म असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने र मुलुकलाई दुविधामा राख्न नहुने हुनाले इजलासले गम्भीरतापूर्वक समय तोकेर आदेश दिनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?