+
+
Shares

सुडानको अल-फशरमा ४५० बढी नागरिकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:३०

१३ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ) ले सुडानको अल–फशर शहर कब्जापछि ‘र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का लडाकुले सयौं नागरिकको हत्या गरेको जनाएको छ ।

डब्लूएचओ के प्रमुख टेड्रोस गेब्रेयेससले शहरको मुख्य मुख्य अस्पताल पवेश गरेर आरएसएफका लडाकुले सयौं आम नागरिकको हत्या गरेको बताएका हुन् । ‘अल-फशर अस्पतालमा ४६० जनाको हत्याको खबरले स्तब्ध र अत्यन्तै दुःखी छु’, उनले भनेका छन् ।

यसअघि सुडानको ‘डक्टर्स नेटवर्क’ ले मंगलवार आरएसएफका लडाकुबाट अस्पतालमा रहेका नागरिकको विभत्स हत्या भएको जनाएको थियो । नेटवर्कले हत्या गरिएको नागरिकको संख्या भने खुलाएको थिएन ।

सुडान डाक्टर्स नेटवर्कले आरएसएफमाथि चार चिकित्सकसहित छ स्वास्थ्यकर्मीको अपहरण गरेको आरोप लगाएको छद । सुडानको दक्षिणी दार्पmुरको राजधानी अल–फशर शहर आरएसएफविरूद्ध उभिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?