+
+
Shares

निकोलस भूसाललाई रुपन्देही प्रवेशमा रोक लगाउन एमालेनिकट युवा संघको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १६:१२

१६ कात्तिक, बुटवल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिँदै आएको भन्दै युवा संघले कारबाहीको माग गरेको हो ।

आइतबार बसेको संघको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।

रुपन्देहीको सैनामैना घरमा भएका भूसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए ।

देशमा विखण्डनकारी, समाज भड्काउने, अराजकता सृजना गर्ने, समाजलाई भड्काउने स्टाटस लेख्नेहरू कानूनी दायरामा आउनुपर्ने युवा संघका रुपन्देही इन्चार्ज केशव रोक्काले बताए ।

प्रहरीले उनका गतिविधिलाई निगरानीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?