१९ कात्तिक, काठमाडौं । फरक फरक क्षेत्रमा आवद्ध एवं राजनीतिमा क्रियाशीलहरू जोडिएर नयाँ दल गठनको तयारी गरिएको विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाले बताएकी छिन् ।
समाजमा प्रतिष्ठा कायम गरेका व्यक्तिहरुलाई जोडेर नयाँ दल गठन गर्ने छलफल भइरहेको दर्शनाले जानकारी गराइन् ।
ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपाको पूर्व नेतासुमना श्रेष्ठसहित मिलेर नयाँ दल गठन गर्ने तयारी भएको उनले बताइन् ।
केन्द्रीय कमिटीको आकार र को को रहने विषय छलफलकै क्रममा रहेको उनले बताइन् । दर्शनाका अनुसार, २१ वा ३१ जनाको केन्द्रीय समिति बनाउने प्रस्तावहरू आएका छन् । उनले भनिन्, ‘पार्टीका नाम यकीन भएको छैन । हामी छलफल गर्दैछौं ।’
उनका अनुसार साझा विवेकशीलका नेता एवं शुभेच्छुकलाई नयाँ दलमा सम्मिलित गर्ने गरी संवाद भइरहेको छ ।
प्रतिक्रिया 4