+
+
Shares

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा थेगिनसक्नु विद्यार्थीको भिड (तस्वीरहरू)

माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रमाणपत्रमा भएको त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि मार्कसिट एउटै बनाउन विद्यार्थी सानोठिमी आएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा एसईई प्रमाणपत्र त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि एउटै मार्कसिट बनाउन विद्यार्थीको भीड लागेको छ।
  • कार्यालयले सेवा सहज बनाउन जिल्ला शिक्षा समन्वय इकाईमार्फत निवेदन लिएर सेवा काम गर्ने निर्णय गरेको छ।
  • जिल्लाबाट संकलन गरी केन्द्रमा पठाउने र केन्द्रले काम गरेर इकाईमा पठाउने प्रक्रिया सुरु भए पनि भीड कम भएको छैन।

२३ कात्तिक, काठमाडौं। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को कार्यालयमा विद्यार्थीको भिड लागेको छ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रमाणपत्रमा भएको त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि मार्कसिट एउटै बनाउन विद्यार्थी सानोठिमी आएका हुन्।

कार्यालयका अनुसार धेरैजसो ग्रेड वृद्धि परीक्षापछि एउटै मार्कसिट बनाउन आउने धेरै छन्।

सेवाग्राहीको भीड लागेपछि कार्यालयले जिल्ला शिक्षा समन्वय इकाईमार्फत निवेदन लिएर सेवा काम गर्ने निर्णय गरेको छ।

जिल्लामा संकल गरेर केन्द्रमा पट्गाउने र केन्द्रले काम गरेर इकाईमा पठाउने निर्णय गरेको छ । तर एक साता यता सेवाग्राहीको भीड भने सानोठिमीमा लागेको छ ।

तस्वीरहरू : दिनेश गौतम/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?