३ मंसिर, जनकपुरधाम । प्रहरी र जेनजी युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता आउने भएपछि जेनजी युवाहरुले सिमरा एयरपोर्ट नजिक विरोध कार्यक्रम राखेका थिए । त्यसक्रममा युवासंघका कार्यकर्ताहरुले विरोध गरेपछि झडपको स्थिति बनेको थियो ।
त्यसपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् ।
उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।
हेर्नुहोस् कर्फ्यू आदेश :

प्रतिक्रिया 4