+
+
Shares

अफेयरको चर्चाबीच अहानको जन्मदिनमा अनित : संसारका लागि तिमी एक उपहार हौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १३:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अहान पाण्डेले मंगलबार २८ औं जन्मदिन मनाएका छन् र विश्वभरका प्रशंसकले उनलाई बधाइ दिइरहेका छन्।
  • अहानको को-स्टार अनित पड्डाले इन्स्टाग्राममा मर्मस्पर्शी नोट लेख्दै उनको व्यक्तित्व र यात्राको बारेमा उल्लेख गरेकी छन्।
  • अनितले लेखेकी छन्, “मैले देखेको छु कि जब तिमी जोडले हाँस्छौ, तब बाटोमा हिँड्ने मानिसहरू पनि नचाहँदा नचाहँदै मुस्कुराउँछन्।”

मुम्बई । ‘सैयारा’ स्टार अहान पाण्डे मंगलबार २८ औं जन्मदिन मनाउँदैछन् । यो अवसरमा विश्वभरदेखि प्रशंसकले उनलाई बधाइ दिइरहेका छन् । फ्यानको लागि यो गहिरो भावनात्मक क्षण पनि हो ।

‘सैयारा’ को-स्टार तथा घनिष्ठ साथी अनित पड्डाले इन्स्टाग्राममा मर्मस्पर्शी नोट पोस्ट गरेकी छन्, जसमा अहानको व्यक्तित्व, करुणा र यात्राको बारेमा लेख्दै अनितले यसअघि नदेखिएका तस्वीर र भिडियो सेयर गरेकी छन् ।

यसवर्ष रिलिज भएको रोमान्टिक फिल्म ‘सैयारा’ बाट अहान रातारात स्टार बने । यो फिल्म धेरै कमाउनेमध्येको हिन्दी फिल्म मात्र बनेन, बलिउडले जेनजी स्टारहरू पायो । आइएमडीबी सूचीमा अहान र अनित वर्षकै लोकप्रिय कलाकार बने ।

जन्मदिनमा, अनितले मध्यरातपछि इन्स्टाग्राममार्फत अहानसँगको घनिष्ट क्षण प्रस्तुत गर्ने पोस्टहरू गरिन् । तस्वीरमा उनको व्यक्तिगत जीवनका दुर्लभ झलक समेटिएको छ ।

क्याप्सनमा पड्डाले लेखेकी छिन्, “मैले देखेको छु कि जब तिमी जोडले हाँस्छौ, तब बाटोमा हिँड्ने मानिसहरू पनि नचाहँदा नचाहँदै मुस्कुराउँछन् । जब तिमी आफ्नै सोचमा हराएर कुनै वृद्धाले पत्तै नपाई बिरुवामा पानी हालेको दृश्यलाई नियाल्छौ, तब मैले संसारका रङहरू बदलिएको देखेको छु’ अनितले लेखेकी छिन् ।

अनितले आफ्नो नोटमा विशेषगरि अहानको फिल्मभन्दा बाहिरका रोचक किस्सालाई चित्रण गरेकी छन् ।

अहानले आफ्नो परिवारबाट कमाएको विश्वास र मायाको बारेमा पनि अनितले लेखेकी छिन् । “मैले मेरा मम्मी र ड्याडीले तिमीलाई गहिरो विश्वास गरेको देखेको छु, र हरेक भिडियो कलमा “अहान, कस्तो छ ? ठिक छ नि ?” भनेर सोध्दा उहाँहरूको अनुहारमा प्रेमले भरिएको चमक देखेको छु ।’

अनितले आफ्नो पोस्ट यसरी अन्त्य गरिन्, ‘जन्मदिनको शुभकामना अहान, तिमी जुन व्यक्तित्वकी धनी छौ, त्यसमा मलाई सधैँ गर्व रहनेछ । संसारलाई तिमी जस्तो उपहार दिएकोमा धन्यवाद ।’ उनको जवाफमा अहानले कमेन्ट गरेका छन्, ‘यो पढेपछि मैले महसुस गरेको कुरालाई कुनै शब्दले न्याय गर्न सक्दैन ।’

अनित पड्डाले इन्स्टाग्राममा लेखेकी छिन् :

मैले भविष्य देखेको छु ।

मैले देखेको छु कि जब तिमी जोडले हाँस्छौ, तब बाटोमा हिँड्ने मानिसहरू पनि नचाहँदा नचाहँदै मुस्कुराउँछन् । जब तिमी आफ्नै सोचमा हराएर कुनै वृद्धाले पत्तै नपाई बिरुवामा पानी हालेको दृश्यलाई नियाल्छौ, तब मैले संसारका रङहरू बदलिएको देखेको छु । मैले तिम्रो नोटप्याडका ती केरमेटहरू देखेको छु, जसमा एउटा असामान्य, दुर्लभ र जादुयी मस्तिष्कका चिन्तनहरू लुकेका छन् । तिम्रो क्यामेराको लेन्सले जिद्दीपूर्वक साधारण कुराहरूमा पनि सौन्दर्य खोजिरहेको मैले देखेको छु । मैले तिमीलाई निःस्वार्थी भएको देखेको छु । मैले मेरा मम्मी र ड्याडीले तिमीलाई गहिरो विश्वास गरेको देखेको छु, र हरेक भिडियो कलमा “अहान, कस्तो छ ? ठिक छ नि ?” भनेर सोध्दा उहाँहरूको अनुहारमा प्रेमले भरिएको चमक देखेको छु । मैले डिनी आन्टीलाई त्यो पोस्टरमा तिम्रो अनुहार देख्दा हरेक पटक रोएको देखेको छु । आफ्नो छोराको दयालुपन, उसको आत्मा र उनले हुर्काएको पुरुषलाई देखेर गर्व र अविश्वासको एउटा मिश्रण । मैले तिमीसँग कुरा गरेपछि कुनै अपरिचित व्यक्तिको दिन सुखद बनेको देखेको छु । मैले सुरक्षा गार्डलाई दिउँसो ठ्याक्कै २ बजे तिमीसँग गफ गर्न कुरिरहेको देखेको छु । यो संसारले तिमीलाई चिन्नु अगावै, तिमीलाई उभिएर हेरिरहेको मैले देखेको छु । चलचित्रको पर्दामा आफ्नो ‘सैयारा’ भेट्नुभन्दा पहिले नै तिमी सधैँ एउटा तारा थियौ, हजुरआमालाई सधैँ गर्व थियो। । मैले भविष्य तब पनि देखेको थिएँ र अहिले पनि देख्छु । अब सबै कुरा साकार हुने तरखरमा छ ।
जन्मदिनको शुभकामना अहान, तिमी जुन व्यक्तित्वकी धनी छौ, त्यसमा मलाई सधैँ गर्व रहनेछ । संसारलाई तिमी जस्तो उपहार दिएकोमा धन्यवाद ।’

 

View this post on Instagram

 

A post shared by Aneet Padda (@aneetpadda_)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?