+
+
Shares

वीरगञ्ज घटनामा राप्रपाको चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्जमा सामाजिक सद्भाव खल्बलिने घटनामा चासो व्यक्त गरेको छ।
  • पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले हिन्दू र मुस्लिम समुदायको सदियौंसम्मको एकता कायम रहनुपर्ने बताएका छन्।
  • वीरगञ्जमा दुई समुदायबीच द्वन्द्वका कारण साँझ ६ बजेसम्म कर्फ्यु लगाइएको छ।

२२ पुस, काठमाडौं । सामाजिक सद्भाव खल्बलिने गरी वीरगञ्जमा भएको पछिल्लो घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चासो व्यक्त गरेको छ । पार्टी प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत हिन्दू र मुस्लिम समुदायको एकता सदियौंसम्म रहनुपर्ने बताएका हुन् ।

‘तराई मधेश क्षेत्रमा सामाजिक सदभाव र एकता खल्बल्याउने अवाञ्छित प्रयासहरू चिन्ताजनक छन्,’ उनले भनेका छन्, ‘सदियौंदेखि कायम रहेको हिन्दू र मुस्लिम समुदायको एकता सदियौं-सदियौंसम्म रहनुपर्छ, यो नै नेपाल र नेपालीको दीर्घकालीन हितमा छ र हुनेछ ।’

उनले परिस्थितिलाई असामान्य बन्न नदिन र संयमता अपनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराएका छन् । दुई समुदायबीचको द्वन्द्वले वीरगञ्जमा आज साँझ ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?