News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'भाइरल गोर्खे' को प्रिमियर न्यूरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा गरिएको छ।
- निर्देशक निगम श्रेष्ठको यो फिल्म माघे सक्रान्तिको अवसरमा प्रदर्शन तयारीमा छ।
- फिल्मले सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्दै सामाजिक संजालको असर र प्रभावको कथा प्रस्तुत गरेको छ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘भाइरल गोर्खे’ लाई प्रिमियर गरिएको छ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मको प्रिमियर गरिएको छ ।
प्रिमियर समारोहमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, सिसन बानियाँ लगायतका सेलिब्रेटी पुगेका छन् । सृष्टिले नेवारी पोशाक लगाएरै समारोहमा भाग लिएकी छन् भने सौगात दौरा सुरुवालमा प्रस्तुत भएका छन् ।
निगम श्रेष्ठ निर्देशित फिल्म माघे सक्रान्तिको अवसरमा विहिबारदेखि प्रदर्शन तयारीमा छ । सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने यो फिल्ममा सामाजिक संजालको असर र प्रभावको कथा भनिएको छ ।
ब्रेकअपपछि सौगात र सृष्टिले पुनः एकसाथ यो फिल्ममा काम गरेका हुन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4