+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
21/2 (4.6)
Shares

‘बतासले उडाइ ल्यायाे’ गीतले पायो पुनर्जीवन, ‘भाइरल गोर्खे’मा समावेश

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘भाइरल गोर्खे’को नयाँ गीत ‘बतासले उडाइ ल्यायाे ’ चर्चित गीतको रिमेक हो र कुमार कान्छा र आशा भोस्लेको स्वरमा मूल गीत रहेको छ।
  • त्रिशला गुरुङ र दीपक लिम्बुले रिमेक गीतमा सहकार्य गरेका छन् भने रोहित शाक्यले संगीत दिएका छन् र कुसुम गजमेरले शब्द लेखेकी छिन्।
  • फिल्म १ माघदेखि प्रदर्शन हुँदैछ र निर्देशक निगम श्रेष्ठले सामाजिक सञ्जालमा भाइरल हुन चाहने प्रवृत्तिलाई व्यंग्य गर्दै फिल्म निर्माण गरिएको बताए।

काठमाडौं । पछिल्लो समय कुनैबेलाका हिट गीतहरू धमाधम रिमेक हुने क्रम जारी छ । केही फिल्मले ती गीतलाई रिमेक र रि–एरेन्ज गर्दै फिल्ममा समावेश गर्न थालेका छन् ।

सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘भाइरल गोर्खे’को नयाँ गीत ‘बतासले उडाइ ल्यायाे ’ बोलको गीत पनि रिमेक हो । चर्चित भारतीय पाश्र्वगायक कुमार कान्छा र आशा भोस्लेको स्वरमा सजिएको फिल्म फिल्म ‘चिनो’को सोही गीतलाई रिमेकसहित ल्याइएको हो ।

त्रिशला गुरुङ र दीपक लिम्बुले रिमेक गीतको गायनमा सहकार्य गरेका छन् । रोहित शाक्यको संगीत छ । कुसुम गजमेरको शब्द छ । नृत्य निर्देशन श्याम पटेलको छ ।

गीतको भिडियोमा सौगात र सृष्टिले अभिनय गरेका छन् । उनीहरूले प्रेममा रहेको जोडीको सम्बन्ध र चञ्चलता प्रस्तुत गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल हुन चाहने प्रवृत्तिलाई व्यंग्य गर्दैै यो फिल्म निर्माण गरिएको छ । समसामयिक र घरघरको विषय भएकाले फिल्म दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताए ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सहनिर्माता शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल हुन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुलक र केदार श्रेष्ठ छन् ।

‘भाइरल गोर्खे’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?