+
+
Shares

९० वर्षको उमेरमा दलाई लामाले जिते ग्रामी अवार्ड

ग्रामी जितेपछि लामाले भनेका छन्, ‘म यसलाई व्यक्तिगत सफलताको रूपमा भन्दा पनि हाम्रो साझा विश्वव्यापी जिम्मेवारीको पहिचानको रूपमा हेर्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को ग्रामी अवार्डमा तिब्बती धर्मगुरु दलाई लामाले 'बेस्ट अडियो बुक, न्यारेसन एन्ड स्टोरीटेलिङ रेकर्डिङ' विधामा अवार्ड जितेका छन्।
  • लामाको कृति 'मेडिटिएसन्स : द रिफ्लेक्सन अफ हिज होलिनेस दलाइ लामा' का लागि यो सम्मान दिइएको हो र अमेरिकी गायक रुफस वेनराइटले ट्रफी ग्रहण गरे।
  • दलाई लामाले सामाजिक सञ्जालमा भने, 'म यो सम्मानलाई कृतज्ञता र नम्रताका साथ स्वीकार गर्दछु' र शान्ति, करुणा र मानवताको सन्देश फैलाउन आभारी छु।

लस एन्जलस । सन् २०२६ को ग्रामी अवार्डमा एउटा निकै विशेष पल देखियो । तिब्बती धर्मगुरु दलाई लामाले पनि यस वर्ष विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामी जितेका छन् ।

समारोहको ‘प्रिमियर शो’ (मुख्य कार्यक्रमभन्दा अगाडिको खण्ड) मा लामालाई ‘बेस्ट अडियो बुक, न्यारेसन एन्ड स्टोरीटेलिङ रेकर्डिङ’ विधामा विजेता घोषित गरियो ।

लामा कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको तर्फबाट अमेरिकी गायक तथा संगीतकार रुफस वेनराइटले स्टेजमा गएर उक्त ग्रामी ट्रफी ग्रहण गरेका थिए ।

हिमाचल प्रदेशस्थित धर्मशालाको म्याकलोड गञ्जमा बस्दै आएका लामाले आफ्नो विशेष कृति ‘मेडिटिएसन्स : द रिफ्लेक्सन अफ हिज होलिनेस दलाइ लामा’ का लागि यो प्रतिष्ठित ग्रामी अवार्ड जितेका हुन् ।

यो विधामा निकै कडा प्रतिस्पर्धा थियो । उनीसँगै यस विधामा अन्य चर्चित व्यक्तित्व पनि मनोनयनमा परेका थिए । जसमा, मिली भानीलीका फाब मोर्भान (गायक), केतान्जी ब्राउन ज्याक्सन (अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश), ट्रेभर नोआ (कमेडियन र ग्रामीका होस्ट) र क्याथी गार्भर (अभिनेत्री) ।

ग्रामी जितेपछि लामाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म यो सम्मानलाई कृतज्ञता र नम्रताका साथ स्वीकार गर्दछु । म यसलाई व्यक्तिगत सफलताको रूपमा भन्दा पनि हाम्रो साझा विश्वव्यापी जिम्मेवारीको पहिचानको रूपमा हेर्छु । म साँचो मनले विश्वास गर्छु कि शान्ति, करुणा, वातावरणको हेरचाह र सम्पूर्ण मानवता एक हो भन्ने बुझाइ नै विश्वका आठ अर्ब मानिसको सामूहिक कल्याणका लागि आवश्यक छ । यो ग्रामी सम्मानले यी सन्देशलाई अझ व्यापक रूपमा फैलाउन मद्दत पुग्नेछ भन्ने कुरामा म आभारी छु ।’

यो अडियो बुकका निर्माता एटलान्टामा बस्ने भारतीय मूलका कबिर सेगल हुन् । सेगल बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । उनी बेस-गिटारिस्ट, संगीतकार, फिल्म निर्माताका साथै एक सैनिक भेट्रान र फाइनान्स विज्ञ पनि हुन् । उनी आफैँले यसअघि धेरै पटक ग्रामी र एमी अवार्ड जितिसकेका छन् ।

यो एल्बम तयार पार्न लामाका १०० घण्टाभन्दा बढी लामा भाषण र कुराकानीलाई समेटिएको छ । यसलाई अझ विशेष बनाउन विश्वप्रसिद्ध कलाकारले आफ्नो कला मिसाएका छन् । यस एल्बममा उस्ताद अमजद अली खान (सरोद वादनका विश्वप्रसिद्ध हस्ती), अमान र अयान अली बंगश (उस्ताद अमजद अली खानका छोराहरू, जो स्वयं कुशल सरोद कलाकार हुन्), रुफस वेनराइट (चर्चित अमेरिकी गायक) र आन्द्रा डे (प्रख्यात अमेरिकी गायिका तथा अभिनेत्री) जस्ता दिग्गज कलाकार सहभागी छन् ।

दलाई लामाले ९० वर्षको उमेरमा ग्रामी जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?