२० माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा सञ्चारकर्मीसंग छलफल गर्दै अध्यक्ष मगरले कसैको डर त्रासमा नभइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका हुन् ।
सञ्चारमाध्यमले निष्पक्ष भएर गलत सूचनालाई रोक्ने गरि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । चुनावमा भइरहेको ठाउँमा कुनै किसिमबाट बुथ क्यापचर, मतदाताहरूलाई मतदान स्थल पुगि नदिने अवस्था भइरहेको छ वा छैन भन्ने कोणबाटपनि सञ्चार माध्यमले रिपोर्टिङ गरिदिन उनले आग्रह गरे ।
अध्यक्ष मगरले कुनै उम्मेदवार वा दल विशेषको पक्षपोषण हुने खालका सामग्री सम्प्रेषण नगर्न समेत सुझाव दिए ।
उनले निष्पक्ष ढंगले निर्वाचनलाइ सफल बनाउन सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका समेत महत्त्वपूर्ण हुने धारणा राखे ।
प्रतिक्रिया 4