+
+
Shares

समर्थकबाट घेरिँदै निर्मल निवास पुगे ज्ञानेन्द्र (फोटो/भिडियो)

झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याएका हुन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ फागुन १ गते १६:१८

१ फागुन, काठमाडौं । समर्थकबाट घेरिँदै पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास पुगेका छन् ।

झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याएका हुन् । उनको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल अगाडि पुगेका थिए । त्यहाँबाट नाराजुलुस गर्दै चक्रपथको बाटो निर्मल निवास लगिएको थियो ।

नाराजुसुल हुने भएपछि बिहानैदेखि सुरक्षा व्यवस्थापनमा खटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले कुनै उच्छृंखल गतिविधि शाहलाई समर्थकले निर्मल निवास लगेको बताए ।

कुनै उच्छृंखल गतिविधि हुनसक्ने भन्दै बिहानैदेखि ठूलो संख्यामा प्रहरी खटिएको थियो । तर कहीँ केही पनि त्यस्ता गतिविधि नभएको उनले बताए ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका थिए ।

थप तस्वीरहरू:

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?