+
+
Shares

परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १३:४१

२६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।

अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट ५ दिन पछि आउनेछ ।

‘उहाँ प्रोस्टेट बायोप्सीको परीक्षणका लागि आउनुभएको हो । नियमित परीक्षण हो,’ अस्पतालका एक चिकित्सकले भने ।

प्रोस्टेट, पुरुषहरूमा मात्र हुने ग्रन्थी हो । यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ ।

ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट प्रोस्टेट बनेको हुन्छ ।

उमेर बढ्दै जाँदा अरु ग्रन्थी झैं यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हर्मोन हुन्छन् । उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरित गर्छ । फलस्वरूप, प्रोस्टेट ग्रन्थी विस्तारै बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?