News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणमा इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग तीनै खेल हारेको छ।
- वानखेडे क्रिकेट मैदानमा नेपाली दर्शक र सेलिब्रेटीहरूको ठूलो सहभागिता देखिएको छ, जसलाई भारतीय मिडियाले 'टीयू क्रिकेट ग्राउन्ड' जस्तै भनेका छन्।
- नेपालले स्टकल्याण्डसँग नेपाली समयानुसार सवा ७ बजे खेल्नेछ र तीन खेल हारेपछि समूह चरणबाट बाहिरिएको छ।
मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत अहिले समूह चरणका खेलहरू भैरहेका छन् । नेपालले इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँगका तीनै खेल हारेपनि मैदानमा नेपाली दर्शक र सेलिब्रेटीको उपस्थिती बाक्लै छ ।
वानखेडे मैदानमा नेपाली दर्शकको सहभागितालाई लिएर कतिपय भारतीय मिडियाले ‘टीयू क्रिकेट ग्राउन्ड’ जस्तै भएको भन्दै लेखेका पनि थिए । यस्तोमा, नेपाली क्रिकेटप्रेमीको सहभागिता लोभलाग्दो देखिन्छ ।
आफ्नो देशलाई समर्थन गर्न सर्वसाधारण दर्शक मात्र होइन, कलाकार र कन्टेन्ट क्रिएटरको पनि मुम्बई पुगिरहेका छन् । चलचित्र, संगीत, ब्यूटी पेजेन्ट र कन्टेन्ट क्रिएटर स्टेडियममा पुगेर नेपाललाई समर्थन गरेका तस्वीर यतिबेला सोसल मिडियामा देख्न सकिन्छ ।
अदिती बुढाथोकी, मलिना जोशी, इन्दु बर्मा, बद्री पँगेनी, सिसन बानियाँ, स्वस्तिमा खड्का, निश्चल बस्नेत, सुशीला गौतम लगायतका कलाकार अहिले मुम्बईमा छन् ।
नेपालले मंगलबार स्टकल्याण्डन्सँग नेपाली समयानुसार सवा ७ बजेदेखि खेल खेल्दैछ । भोलि हुन गेम नेपालले प्रतिष्ठाको लागि मात्र खेल्नेछ । तीन खेल हारेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।











प्रतिक्रिया 4