४ फागुन, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छिन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह गरिन् ।
निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिव्रताका साथ अघि बढाएको समेत स्पष्ट पारिन् ।
‘वर्तमान सरकारको मुख्य म्यान्डेट पनि यो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई कसरी निष्पक्ष, स्वच्छ, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले गराउने जिम्मेवारी हाम्रो रहेको छ । र यसमा हामी सबै तत्पर भएर काम गरिरहेका छौं,’ मन्त्री श्रेष्ठले भनिन् ।’
मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन् ।
‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्तै तिव्र गतिमा काम गरिरहेका छन्,’ उनले भनिन्, ‘यसै तयारी स्वरुप हिजो आईतबारबाट निर्वाचन आयोगले पनि नागरिकहरूलाई सूचित, सचेत र जिम्मेवार मतदाता बनाउनका लागि मतदाता शिक्षा कार्यक्रमको पनि औपचारिक रुपमा शुरुवात गरिसकेको छ ।’
प्रतिक्रिया 4