२५ पुस, काठमाडौं । महिला, बालकालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई सक्रिय सहभागी हुन आग्रह गरेकी छन् ।
उनले मताधिकार प्रयोग गर्दा आफ्ना सन्तानको भविष्यलाई सम्झेर मत खसाल्न पनि भनेकी हुन् । आफ्ना सन्तानले फेरि रगत बगाउन नपर्ने गरी मतदानमा विवेक पुर्याउनुपर्ने उनको भनाइ थियो ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औं केन्द्रीय सभाको अवसरमा ललितपुरको बालकुमारीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आन्दोलनपछिको विशेष परिस्थितिमा बनेको सरकारको एकमात्र प्राथमिकता निर्वाचन रहेको बताइन् ।
यो सरकार नैतिक आधारमा सुशासन कायम गराउन दृढ रहेको भन्दै उनले ६ महिनामा धेरै गर्न नसकिए पनि गर्नैपर्ने कामहरू सरकारले निशंकोच, इमान्दारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया 4